महिलाको चरित्र हत्या गरेको अभियोगमा पक्राउ
नेपालखोज
२०७९ फागुन ५ गते १५:४४

काठमाण्डौं । विदेश बसेर महिलाको चरित्र हत्या गरेको अभियोगमा रौतहट देवाही गोनही नगरपालिका–५ टिकुलिया घर भएका २२ वर्षीय हरिहर प्रसाद यादवलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पीडित महिलाको बहिनी समेत भएको तस्विर प्रयोग गरी सामाजिक सञ्जालमा चरित्रहत्या हुने अश्लील शब्दहरू लेखी प्रसारण गर्नुका साथै पीडितका परिवारलाई समेत मानसिक तनाव, दुःख हैरानी दिने गरेको घटनामा संलग्न रहेका उनलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय समन्वय र सहयोग वैदेशिक रोजगारीको सिलसिलामा मलेसियाबाट नेपाल फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरबाट साइबर व्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप भई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित

प्रतिक्रिया