अध्यक्ष ओलीलाई भट्न प्रधानमन्त्री प्रचण्ड पुगे बालकोट
नेपालखोज
२०७९ फागुन ५ गते १५:५९

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा पुगेका छन् ।राष्ट्रपतिको निर्वाचनमा विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड बालकोट पुगेका हुन् ।
भावी राष्ट्रपतिबारे मतभेद बढिरहेको भनिएका बेला प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट पुगेका छन् ।सरकार गठनताका भएको सहमतिअनुसार राष्ट्रपति आफ्नो पार्टीले पाउनुपर्ने एमालेको अडान छ भने प्रधानमन्त्री राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति बनाउनुपर्ने बताउँदै आएका छन् ।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले राष्ट्रपतिमा माओवादीले आफ्नो उम्मेद्वारलाई सघाउने र त्यसको बदलामा ‘प्रचण्ड’ पाँचै वर्ष प्रधानमन्त्री दिने बताइसकेका छन् ।
सम्बन्धित
प्रतिक्रिया