अवैध लागूऔषध गाँजा बरामद

नेपालखोज २०७९ फागुन ५ गते १५:५१

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१ चाईना क्वाटरबाट अवैध लागूऔषध गाँजा करिब २५ किलो ७ सय ग्राम शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले ना.१ ह ८९६६ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी बरामद गरेको हो ।

हाल फरार अटो चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया