सवारी दुर्घटनामा दुई जनाको मृत्यु

नेपालखोज २०७९ फागुन ५ गते १५:५३

काठमाडौं । सप्तरीको महदेवा गाउँपालिका–१ चिमटीस्थित सडकमा डिमनबाट राजबिराजतर्फ जाँदै गरेको को.२८ प ६५८६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा चालक राजबिराज नगरपालिका–११ फर्सेट बस्ने ३० वर्षीय प्रदिप कुमार यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

कपिलवस्तु, मायादेवी गाउँपालिका–८ विजुवा पुल नजिक सडकमा चाकरचौडातर्फ जाँदै गरेको लु.१ त ४०५८ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने वाहदुल मुसलमानको छोरा ९ वर्षीय जाकिर मुसलमानको मृत्यु भएको छ ।

दुर्घटना गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया