शिवरात्रिका दिन कस्तो रहनेछ देशको मौसम ?

नेपालखोज २०७९ फागुन ६ गते ७:२९

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला (शनिबार बिहान) प्रदेश १ को पहाडी भेगमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा छ ।

महाशाखकिा अनुसार दिउँसो प्रदेश १ को पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

राति देशको पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया