शनिबार, असार १४, २०८२

सांसद भण्डारीको फोक्सोले काम गर्न थाल्यो

नेपालखोज २०७९ फागुन ६ गते १५:१६

काठमाण्डौं । विहिबार राति निवासमै ग्याँस दुर्घटनामा गम्भिर घाइते भएका प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार देखिएको छ ।

शनिवार मध्यान्नको रिर्पोट अनुसार सांसद भण्डारीको कृतिम अक्सिजनको मात्रा ४५ प्रतिशतले घटाइएको छ । फोक्सोले आफै काम गर्न थालेको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए ।

भारतमा उपचारत भण्डारीको कृतिम अक्सिजनको मात्रा कम गर्दै जाने र सोमवारबाट भेन्टिलेटर हटाइने तयारी गरिएको छ । हातको जलेको भागले काम गर्न थालेकोले अप्रेशन गर्न नपर्ने मुम्बईबाट माधव न्यौपानेले जनाए ।

उनी गुल्मीबाट निर्वाचित सांसद हुन् ।

प्रतिक्रिया