अरुण चौधरी आज जिल्ला कारागार कैलालीबाट रिहा हुँदै
नेपालखोज
२०७९ फागुन ७ गते ७:४४

कैलाली । कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट निर्वाचित अरुण चौधरी आज जिल्ला कारागार कैलालीबाट रिहा हुने भएका छन् । नागरिक उन्मुक्तिका सांसद चौधरी पक्राउपछि निलम्बनमा परेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरिदिएकी छन् । सोही सूचीमा कैलाली कारागारमा रहेका चौधरीलगायत चारजनाको नाम समावेश रहेको जनाइएकाे छ ।
१० बजेपछि जिल्ला प्रशासन कार्यालयबाट आवश्यक प्रक्रिया पूरा गरेर उनीहरूलाई रिहा गर्ने तयारी कारागार प्रशासनले गरेको छ । जिल्ला कारागारमा रहेका सातजनालाई सजाय माफीका लागि आग्रह गरिएको भएपनि चारजनाको मात्रै माफी मिनाहा भएको छ ।
सम्बन्धित
प्रतिक्रिया