क्यान्सर कारक ५ प्रमुख खानेकुरा

क्यान्सर भन्ने वित्तिकै हाम्रो मुटु ढक्क फुल्छ । आफूलाई क्यान्सर लागेको थाहा हुने वित्तिकै जो कोही पनि व्यक्ति छाङ्गाबाट खसे जस्तो हुन्छ । डर र त्रासले उसलाई सताउछ । संसारमा प्रत्यक बर्ष यो रोगका कारणले ९६ लाख मानिसहरू मारिने गरेका छन जसमध्ये ७०५ मान्छेहरू निम्न र मध्यम आमदानी भएका देशहरूका बासिन्दाहरू हुन ।
आज हरेक छैठौ व्याक्तिको मृत्यु क्यान्सरको कारणले हुने गरेको छ । यसरी संसारमा यति धेरै मानिसहरू मार्ने प्रमूख हत्याराको ५०५ कारणको भने हाम्रो आनिबानी र खानपान संग छ । हामीले जानी–जानी वा नजानी कन खाइरहेको खानेकुराहरूले त कतै क्यानसर लागिरहेको त छैन रु आउनुहोस हामी पनि जानै यी क्यान्सर कारक केही खानेकुराहरूलाई ।
१. सेकुवार रातो मासु : जनावरको फलमासुलाई आगोमा सेकाए वा घाममा सुकाएर पछिसम्म खान मिल्ने गरि संरक्षण गरेर राखिएको खानेकुरालाई सेकुवा भनिन्छ । सेकुवा मुख्य रूपमा रातो मासु बाट बनाइन्छ । रातो मासुलाई सेकुवा बनाउने क्रममा पोल्दा, तेलमा तारदा, घाममा सुकाउदा वा प्रशोधन गर्दा धेरै प्रकारका क्यान्सर कारक तत्वहरू (कार्सिनोजीन) उत्पादन हुनेहुँदा सेकुवा स्वास्थ्यको लागि राम्रो खानेकुरा हैन । यसै गरि धुवाँमा सेकाएको सुकुटी, तेलमा तारेको तास, सेकुवा र मासु प्रशोधन गरेर रसायन मिसाइ बनाइएका परिकारहरू क्यान्सर रोगका प्रमूख कारणहरूमा पर्दछन । यसै गरि सेकुवा बनाउने क्रममा मासुलाई ग्यास वा दाउरामा पोल्दा हाइड्रोकार्बन उत्पन्न हुने हुँदा हाइड्रोकार्बनले पेट, आन्द्रा र छालामा क्यान्सर हुनसक्छ । मासुलाई आगोको ज्वाला र धुवाको मुस्लोमा सिधै सेकाउदा यसभित्रको गुलियो पदार्थ र प्रोटिन उच्चतापक्रले गर्दा परिवर्तित भई एक्रिल्यामाइड्स उत्पन्न गर्छ जुन क्यान्सर रोग गराउन सहयोगी हुन्छ । एक्रिल्यामाइड्स क्यान्सर कारक यौगीक हो ।
२. जङ्कफूड : हामीले मिठो मानि–मानि खाने गरेको जङ्कफूड एवं प्रशोधित खानेकुराहरूके सेवनलाइ पनि क्यान्सर कारक खानेकुरा मानिएको छ । जङ्कफूड एवं प्रशोधित खानेकुराहरूमा उच्च मात्रामा नुन, चिनी र तेल हालिएको हुँदा उच्च मात्रामा प्रशोधित खानेकुराको सेवनले क्यान्सर हुन सक्छ। यसैगरि अन्तराष्ट्रिय क्यानसर अनुशन्धान संघका अनुसार मासुलाई प्रशोधन गरेर बनाईएको जङ्कफूडमा हालिएको प्रशोधित मासुलाई क्यान्सर कारक मानेको छ भने अलु, चामल वा प्रशोधित गहूँको पिठो ९मैदा०लाई तेल वा ध्यूमा तारेर बनाइएको खानेकुराहरू पनि उच्च क्यानसर कारक खानेकुरा हुन। यी खानेकुराहरूमा उच्च् मात्रामा चिनी, सोडा, सुगन्घकारक तत्वहरू कृतिम रंग, तेल अदि चिजहरू हाल्ने गरिन्छ । उच्च तापमा पकाइएको हुनाले खानेकुरामा धरै ईन्फ्लामेटरी यौगीकहरू छन । यसमा अलावा जङ्कफूडके पौष्टिक मुल्य पनि अत्यन्त न्यून हुन्छ । रेशा र चोकरको मात्रा त हुदै हुदैन । यसर्थ जङ्कफूड खादाँ क्यान्सरको उच्च जोखिम रहन्छ ।
३. अन्तराष्ट्रिय क्यान्सर अनुशन्धान एजेन्सीले रक्सीलाई समूह १ को क्यान्सर कारक तत्वमा वर्गीकृत गरेको छ। यसको मतलब के हो भने रक्सीले मानिसमा क्यान्सर गराउदछ भनेर यथेष्ट प्रमाणहरू जुटिसकेको छ। रक्सीको सेवनले विशेष गरि मुख, घाँटी, अन्न नली स्तन, कलेजो, पेट र ठूलोआन्द्राको क्यान्सर हुने गर्छ ।
४. केल्डड्रिङ्कस एवं चिनी हालिएका खानेकुराः उच्च मात्रामा चिनीको सेवन क्यान्सरको कारण हो । उच्च मात्रामा चिनी हालिएको, रेशा र चोकर निकालिएको कम पौष्टिक मुल्यको प्रशोधित खानेकुराहरूको क्यान्सर संग गहन सम्बन्ध छ । अनुशन्धानहरूले प्रकाशित पारे खनुरूप रक्त ग्लूकोजलाई ह्वात्तै बढाउने खालका खानेकुराहरूले पेट, ठूलो आन्द्रा र स्तन लगाएत अन्य धरै प्रकारका क्यान्सरको जोखिम बढाउँछ । चिनी हालिएको खानेकुरा खाइरहदा रगतमा ग्लूकोज र ईन्सुलिन दुबै बढ्दछ। उच्च रक्त ईन्सुलिन ले कोषहरूको अनियन्त्रित बृद्धिलाई सहायता गर्नुको साथै ईन्फ्लामेसनलाई समेत बढाउदछ ।
५. तेलमा तारका खानेकुरा स् खानेकुराहरूमा पोषक तत्वहरू मौजुद हुन्छन । यी पोषक तत्वहरू सूक्ष्म पोषकतत्व र स्थुल पोषक तत्व गरेर दुई प्रकारका छन । खानेकुरालाई तेलमा तार्दा तेलको उच्च तापले खानामा विद्यमान धेरै पौष्टिक तत्वहरू नष्ट गरिदिन्छ । हामीले खाने वनस्पती तेलहरूको क्वाथनाङ्क ९उम्लिने० २५० डिग्री सेल्सियस देखि ३०० डिग्री सेल्सियस बिचको छ भने अझ धेरै बेर सम्म तेलमा तारदा यो ताप अझै बढ्दछ फलतः उच्च तापक्रमका कारण खानेकुराहरूका धेरै पौष्टिक तत्वहरू नष्ट भएर जन्छन । यसो हुदाँ खानेकुरा कम पौष्टिक मुल्यका वा मुल्य विहिन हुन पुग्दछन । यसका अलावा उच्च तापकौ कारणले हेटेरो साईक्लिन अमाईन र एडभान्स ग्लाईकेसन ईण्ड प्रोडक्ट जस्ता रसायन हरू निस्कने गर्दछन । यी यौगिक हरूको उत्पादन धेरैमात्रामा भयो भने शरीरमा ईफ्लामेसन र क्यानसरको जोखिम उच्च हुन्छ ।

डा. हेमराज कोइराला
डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।
प्रतिक्रिया