इरानी अभिनेत्रीले गरिन शासनको आलोचना

काठमाडाैं । बर्लिन फिल्म फेस्टिभलमा बोल्दै इरानी अभिनेत्री गोलशिफ्तेह फरहानीले गत वर्ष इरानमा भएको प्रदर्शनमाथि टिप्पणी गर्दै इरानी शासनको आलोचना गरेकी छिन् । महसा अमिनीको मृत्युपछि इरानमा भएको प्रदर्शनपछि दुई प्रसिद्ध इरानी फिल्म निर्देशक जफर पनाही तथा मोहम्मद रसलोफलाई ६ महिनाभन्दा बढी समयका लागि जेल सजाय सुनाईएको थियो । ती दुबै निर्देशकले बर्लिनेलको सबैभन्दा ठूलो पुरस्कार गोल्डेन बियर जितिसकेका छन् ।
दुवै निर्देशकलाई हालका लागि जमानत दिइए पनि अन्तर्राष्ट्रिय स्तरमा कम चिनिएका फिल्म निर्माता तथा कलाकारहरू आफ्नो कलाका कारण इरानी जेलमै छन् ।
फरहानी आफै सन् २०१२ देखि फ्रान्समा बस्दै आएकी छिन् । बडी अफ लाइज फिल्ममा हिजाब नलगाई काम गरेको र म्याडम फिगारो म्यागजिनका लागि नग्न पोज दिएको भन्दै इरानी सरकारले उनलाई पर्सनल नन ग्राटाको दर्जा दिएपछि पक्राउको डरले उनले इरान छाड्नुपरेको थियो ।
प्रतिक्रिया