शुक्रबार, वैशाख १४, २०८१

गौतमबुद्ध विमानस्थलबाट जजिराले पुनः उडान भर्ने

नेपालखोज २०७९ फागुन ७ गते १४:२०

बुटवल । मौसमको कारण देखाउँदै गौतमबुद्ध विमानस्थलबाट उडान रोकेको जजिरा एयरलाइन्सले दुई महिनापछि पुनः उडान सुरु गर्ने तयारी थालेको छ ।

यो विमानस्थल २ जेठमा व्यावसायिक रुपमा सञ्चालनमा आएसँगै जजिराले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेतमा नियमित उडान गर्दै आएको थियो । मलेसियाका लागि उडान भर्दै आएकाे उसले पछि उसले ६ पुषदेखि उडान रोकेको थियो ।

उनका अनुसार जजिराले ९ मार्च अर्थात फागुन २५ गतेदेखि हप्ताको ३ दिन उडान गर्दैछ । ९ मार्चदेखि उडान सुरु गर्न अग्रिम टिकट बुकिङसमेत थालिसकेको जानकारी आएको विमानस्थलका प्रवक्ता सुवास झाले बताए ।

प्रवक्ता झाका अनुसार मंगलबार, बिहीबार र शनिबार बिहान ८ बजेर ५ मिनेटमा उड्ने गरी तालिका तय समेत भइसकेको झाको दाबी छ ।

उडान र अवतरणमा भारतीय भूमिलाई एयरबेस बनाउनुपर्ने भएपछि नेपालले भारतसँग अनुमतिको प्रयास गरिरहेको छ ।

प्रतिक्रिया