पाल्पा, गुल्मी र अर्घाखाँचीमा लोकवार्ता सम्मेलन

नेपालखोज २०७९ फागुन ८ गते ६:२६

यतिबेला पाल्पा, गुल्मी र अर्घाखाँचीमा लोकवार्ता सम्मेलन चलिरहेको छ । लुम्बिनी प्रदेशका यी पहाडी जिल्लामा लोकवार्ता परिषद् नेपालले ११औँ राष्ट्रिय सम्मेलन गरिरहेको छ । यही फागुन ६ देखि ११ गतेसम्म चलिरहेको लोकवार्ता सम्मेलन पाल्पामा शनिबार र आइतबार गरिएको छ । गुल्मीमा सोमबार र मङ्गलबार सम्मेलन हुनेछ । बुधबार र बिहीबार अर्घाखाँचीमा सम्मेलन चल्नेछ । तीन जिल्लाको सदरमुकाममा भइरहेको सम्मेलन सङ्घसंस्थाहरूको संयोजन र लोकवार्ता परिषद् नेपालको आयोजनमा चलिरहेको प्रचार संयोजक रेशम कुँवरले जानकारी दिए ।

सम्मेलनमा सांस्कृतिक सभ्यताको पहिचान, लोक (जनता) सँगको वार्ता, परम्परागत कुराहरूको पहिचान, वर्तमान विषयवस्तुको छलफल, साहित्यिक क्षेत्रको संरक्षण र ऐतिहासिक विमर्श हुने गर्छ । स्थानीय धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक तथा पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण गर्ने प्रचार संयोजक कुँवरले बताउनुभयो । पाल्पाको तानसेनमा उद्योग वाणिज्य सङ्घ पाल्पा, गुल्मीको तम्घासमा किरण पुस्तकालय गुल्मी र अर्घाखाँचीको सन्धिखर्कमा पाणिनी बहुमुखी क्याम्पस अर्घाखाँचीले सम्मे ।

जिल्लाको सभ्यता, सांस्कृतिक सम्पदाको संरक्षण र पहिचानको स्थापित गर्ने सम्मेलनका संयोजक शशि पन्थीले जानकारी दिए । स्थानीय तथा राष्ट्रिय सम्पदाको पहिचान, संरक्षण र प्रवर्द्धन गर्नु मुख्य उद्देश्य रहेको लोकवार्ता परिषद् नेपालका प्राध्यापक डा प्रेमकुमार खत्रीले जानकारी दिए । ‘लोकवार्ता सम्बन्धीका सबै पक्षसँग नजिक रहेर छलफल गछौँ’, उनले भने, ‘पाल्पा, गुल्मी र अर्घाखाँचीको थप प्रचारमा टेवा पुग्नेछ ।’ उनका अनुसार प्रत्येक वर्ष यसरी नै फरक फरक जिल्लालाई समेट्ने गरी लोकवार्ताको सम्मेलन हुन्छ ।

सम्मेलनले विभिन्न ऐतिहासिक, धार्मिक, भौगोलिक, प्राकृतिक, पुरातात्विक र पर्यटकीय क्षेत्रको पहिचान संरक्षण र प्रवर्द्धनमा सहयोग पुग्नेछ । सम्मेलनमा प्रस्तुत हुने कार्यपत्रहरूलाई पुस्तकका रूपमा प्रकाशन गरी अभिलेख तयार गरिनेछ । सम्मेलनमा लोक कलाका विविध पक्षहरूको प्रस्तुत हुनेछन् ।

प्रतिक्रिया