स्पेनिस ला लिगा : शीर्ष स्थानको बार्सिलोना विजयी
नेपालखोज
२०७९ फागुन ८ गते ६:४५

काठमाडाैं । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोना विजयी भएको छ । आज बिहान भएको खेलमा बार्सिलोनाले कार्डिजलाई २–० गोल अन्तरको जित दर्ता गरेको हो ।
घरेलु मैदानमा सर्जी रोबर्टोले ४३औं मिनेटमा गोल गर्दै बार्सिलोनलाई अग्रता दिलाएका थिए । पहिलो हाफकै अतिरिक्त समयमा रोबर्ट लेवान्डोस्कीले अग्रता दोब्बर बनाए ।
दोस्रो हाफमा भने थप गोल निस्किएन । जितसँगै शीर्ष स्थानको बार्सिलोनाको २२ खेलबाट ५९ अंक भएको छ । समान खेलबाट रियल मड्रिडको ५१ अंक रहेको छ ।
बार्सिलोना र रियलबीचको अंक दूरी ८ रहेको छ । यस्तै अन्य खेलमा एथ्लेटिको मड्रिडले एथ्लेटिको बिलबाओलाई १–० गोल अन्तरले पराजित गर्दा स्पानियोलले एल्चेमाथि १–० को जित दर्ता गरेको छ ।भालकानो र सेभिल्ला भने १–१ गोलको बराबरीमा रोकिए ।
सम्बन्धित
प्रतिक्रिया