गाजियाबादमा निर्माणाधीन भवन भत्किँदा दुईजना मजदुरको मृत्यु, आठ घाइते
नेपालखोज
२०७९ फागुन ८ गते ७:०२

भारत । आइतबार उत्तर प्रदेशको गाजियाबाद जिल्लाको लोनी सहरको रूप नगर क्षेत्रमा कारखानाको निर्माणाधीन भवनको शटर भत्किँदा दुई मजदुरको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार निर्माणाधीन भवनको लिन्टर भत्किँदा १० देखि १५ जना मजदुर काम गरिरहेका थिए । प्रहरीका अनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएकाे छ । साथै उक्त स्थलबाट हालसम्म १० जनालाई बाहिर निकालिएको छ भने आठ जना घाइते भएको पनि ग्रामीणका डीसीपी रवि कुमारले बताएका छन् ।
उनका अनुसार राष्ट्रिय प्रकोप प्रतिक्रिया बल (एनडीआरएफ) टोलीले तालिम प्राप्त कुकुर परिचालन गरी उद्धार कार्य जारी राखेको छ ।
सम्बन्धित
प्रतिक्रिया