किसमिस पानी पिउनुका फाइदा !

नेपालखोज २०७९ फागुन ८ गते ७:०९

किसमिस पानी पिउनुका फाइदा जान्नु अघि यसलाई बनाउने विधि बुझ्नुपर्छ । एउटा प्यानमा लगभग २ कप पानी भरेर तताउनुहोस् । अब उक्त पानीमा १५० ग्राम किसमिस हालेर रातभर भिजाएर राख्नुहोस् । यो पानी भोलिपल्ट बिहान पिउन सकिन्छ । दिउँसो किशमिश पानी बनाउन चाहनुहुन्छ भने किसमिसलाई कम्तिमा ५ देखि ६ घण्टासम्म पानीमा भिजाउनुहोस् ।

यो पानी पिउनुका फाइदा यस्ता छन् :

एसिडिटीबाट छुटकारा : एसिडिटीको समस्या भएकाहरूले किसमिसको पानी पिउन सक्छन् । यस्तो पानीको एन्टी इन्फ्लेमेटरी गुण पेटको समस्या हटाउन प्रभावकारी साबित हुन्छ ।

तौल घटाउन मद्दत गर्छ : किसमिसको पानी तौल घटाउने प्राकृतिक पेय जस्तै पिउन सकिन्छ । यो पानी पिउँदा शरीरलाई उर्जा मिल्छ । बिहान यो पानी पिउँदा लामो समयसम्म पेट भरिएको महसुस हुन्छ, जसले खानेकुरा कम गर्न र तौल घटाउन मद्दत गर्छ ।

निन्द्रा नलाग्ने समस्या : यदि रातभर छटपटि हुन्छ र पर्याप्त निन्द्रा प्राप्त गर्न गाह्रो हुन्छ भने किसमिसको पानी निकै फाइदाजनक हुनेछ । यो पानीमा मेलाटोनिन हुन्छ जसले निद्रा लगाउन मद्दत गर्छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउँछ : शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन किसमिसको पानी पिउन सकिन्छ । एन्टिअक्सिडेन्टले भरपूर किसमिसको पानीले धेरै रोगहरूलाई टाढा राख्छ ।

शरीरबाट टक्सिन बाहिर निस्कन्छ : यदि राम्रो डिटोक्स ड्रिंकको खोजीमा हुनुहुन्छ भने किसमिसको पानी राम्रो बिकल्प साबित हुन्छ । यो पानीले पाचन प्रणालीलाई सफा गर्छ र शरीरबाट फोहोर टक्सिन बाहिर निकाल्छ । यो डिटोक्स पेय पेट स्वास्थ्यका साथै छाला एवं कपालको स्वन्दर्यका लागी समेत फाइदाजनक साबित हुन्छ ।

सावधानी : स्वास्थ्य सम्बन्धी यो सामग्री समान्य जानकारि तथा परम्परागत मान्यतामा आधारित छ । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक हुनसक्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्र भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्नु अघि स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनु उपयुक्त हुन्छ ।

प्रतिक्रिया