राष्ट्रपति निर्वाचन बारे छलफल गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
नेपालखोज
२०७९ फागुन ८ गते ८:०९

काठमाडाैं । सत्तारुढ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । राष्ट्रपति निर्वाचन र समसामयिक विषयमा छलफल गर्न माओवादी पदाधिकारी बैठक बस्न लागेको हो । बैठक दिउँसो ४ बजे बस्ने जनाइएकाे छ ।
आजको बैठकमा फागुन अन्तिम साता हुने राष्ट्रपति निर्वाचनमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ । आइतबार साँझ कांग्रेस शीर्ष नेताहरूले माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।
कांग्रेसले राष्ट्रपतिमा सहयोग माग्दा प्रधानमन्त्री प्रचण्डले पार्टीमा छलफल गरेर निर्णय गर्ने जवाफ सुनाएका थिए । यही २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि १३ फागुनमा उम्मेदवारी दर्ताको कार्यक्रम छ ।
सम्बन्धित
प्रतिक्रिया