शनिबार, असार १४, २०८२

जजिरा एयरलाइन्सले पुन: कुवेत–भैरहवा अन्तर्राष्ट्रिय उडान सुरु गर्ने

नेपालखोज २०७९ फागुन ८ गते ८:५७

काठमाडाैं । सात महिना कुवेत–भैरहवा अन्तर्राष्ट्रिय उडान गरेको कुवेतको जजिरा एयरलाइन्सले आगामी मार्च ९ गतेदेखि पुनः उडान सुरु गर्ने भएको छ । गत जेठ २ गते विमानस्थल उद्घाटनकै दिनबाट जजिराले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु गरेको थियो ।

जजिराले फागुन २५ गतेदेखि पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्न थालेको विमानस्थलका प्रवक्ता सुवास झाले बताए । उनका अनुसार जजिराले साताको तीन दिन उडान गर्दै छ । जजिराले उडान सुरु गर्न अग्रिम टिकट बुकिङसमेत थालिसकेको उनले बताए ।

प्रतिक्रिया