शुक्रबार, जेठ ४, २०८१

अब फेसबुक र इंस्टाग्राम ‘ब्लू टिक’को लागि पनि शुल्क लिईने

नेपालखोज २०७९ फागुन ८ गते १३:०५

एजेन्सी । ट्विटरका प्रमुख एलोन मस्कले केही समयअघि ब्लू टिक अर्थात् भेरिफाइड ह्यान्डलको सुविधामा शुल्क लगाएका थिए । यो सेवा धेरै देशमा सुरु पनि भैसकेको छ ।

यो व्यवस्था अन्तर्गत पैसा तिरेर आफ्नो ट्विटर ह्यान्डलका लागि निलो टिक प्राप्त गर्न सकिन्छ । यस्तै सुविधा फेसबुक र इन्स्टाग्राममा पनि उपलब्ध हुनेछ । फेसबुक र इन्स्टाग्रामको कम्पनी मेटाका प्रमुख मार्क जुकरबर्गले यो घोषणा गरेका हुन् ।

मार्क जुकरबर्ग भन्छन् – ‘हामी फेसबुक र इन्स्टाग्रामका लागि मेटा भेरिफाइड सेवाको परीक्षण सुरु गर्दैछौं । यो सेवा अन्तर्गत ग्राहकहरुको आधिकारिक आईडी प्रमाणित गरिनेछ ।’ यससँगै ग्राहकहरुको पहुँच पनि बढ्नेछ । मेटाले अष्ट्रेलिया र न्यूजील्याण्डबाट यो सुविधाको परीक्षण सुरु गर्दैछ । कम्पनीले मेटा भेरिफाइ फिचर छिट्टै सारा संसारमा पुग्ने आशा व्यक्त गरेको छ । लामो समयदेखि यसको माग रहेको कम्पनीले जनाएको छ ।

मेटा प्रमाणीकरण सुविधा अन्तर्गत के पाईनेछ ?

नक्कली आईडी सिर्जना गर्ने खतरासँग व्यवहार गर्न सजिलो हुनेछ ।

आफुलाई आवश्यक पर्दा मद्दत उपलब्ध छ ।

आफ्नो पहुँच बढ्नेछ, धेरै मानिसहरूमा पुग्न सक्षम भईनेछ ।

केही सुविधाहरू उपलब्ध हुनेछन् जुन मेटा प्रमाणित प्रयोगकर्ताहरूले मात्र पाउनेछन् । यो सुविधा वेबमा १२ डलर प्रति महिना अर्थात १५ सय ८५ रुपैयाँ जतिमा उपलब्ध हुने छ ।

यो सुविधा आईओएस तथा एन्ड्रोइडमा प्रति महिना डलर १५ अर्थात् १९ सय ८० जति रुपैयाँमा उपलब्ध हुनेछ ।

प्रतिक्रिया