५० लाख पटक हेरियो ‘दर्शन सलाम’
नेपालखोज
२०७९ फागुन ८ गते १४:३४

काठमाण्डौँ । सिक्वल चलचित्र ‘छक्कापञ्जा ४’को गीत ‘दर्शन सलाम’लाई रिलिज मितिले तीन हप्ताको अवधिमा ५० लाख पटक हेरिएको छ । ३० जनवरीमा सार्वजनिक गरिएको उक्त गीत २० फेब्रुअरीसम्म आइपुग्दा ट्रेण्डिङ नं १ को स्वाद चाख्दै अझै ट्रेण्डिङ नं ४७ मा कायमै रहेको छ ।
यो अवधिमा गीतले ८५ लाख लाइक, ३२ सय भन्दा बढि कमेन्ट पाएको छ । राजेन्द्र थापाको गीत, दिपक शर्माको संगीतमा तयार भएको गीतमा सहिमा श्रेष्ठ र डेविट शंकरले यूगल स्वर रेकर्ड गरेका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा स्वस्तिमा खड्का र राज आचार्यले फिर्चर गरेका छन् ।
हेमराज थापा निर्देशित चलचित्रमा दिपकराज गिरी, दिपाश्री निरौला, केदार घिमिरे, बुद्धि तामाङ लगायतको कलाकारले अभिनय गरेका छन् । चलचित्र यहि फागुन १९ गते देशभर प्रदर्शनमा आउँदैछ ।
सम्बन्धित
प्रतिक्रिया