ओलीले गरे एकीकृत समाजवादीका नेता श्रेष्ठसँग राष्ट्रपतिबारे छलफल
नेपालखोज
२०७९ फागुन ९ गते १९:०१

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का नेता किसान श्रेष्ठलाई भेटेर राष्ट्रपति निर्वाचनबारे छलफल गरेका छन् ।
नेता किसान मंगलबार दिउँसो ओलीलाई भेटन उनकै निवास बालकोट पुगेका थिए । दुई जनाबीच झण्डै डेढ घण्टा लामो छलफल भएको थियो ।
एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति पदमा उम्मेदवार प्रस्ताव गरेको चर्चा भइरहेको बेला भेटवार्ता भएको हो । नयाँ राष्ट्रपति चयनका लागि यही फागुन १३ गते उम्मेदवारी दर्ताको निर्वाचन तालिका छ ।
सम्बन्धित

प्रतिक्रिया