शनिबार, जेठ ५, २०८१

‘मुन्द्रेको कमेडी क्लब’ कान्तिपुरमा प्रसारण हुने

नेपालखोज २०७९ फागुन ९ गते २१:४२

काठमाडौं । हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे) ‘मुन्द्रेको कमेडी क्लब’ आउँदो चैत २ गतेदेखि प्रशारण हुने भएको छ ।

काठमाडौंमा एक कार्यक्रमबीच चैत २ देखि कान्तिपुर टेलिभिजनबाट प्रशारण गर्नेगरी तेस्रो सिजनको मुन्द्रेको कमेडी सुरु हुने जानकारी गराइएको हो । शोको अध्यक्षमा अभिनेत्री प्रियंका कार्की रहेनछिन् । निर्देशकमा दिनेश डीसी छन् ।

कलाकारमा दमन रुपाखेती, प्रभात लामा, दिनेश काफ्ले र एलिना बास्कोटा रहेको कलाकार नेपालले जानकारी दिए । उनले आवश्यक परे थप कलाकार बोलाउने जनाए ।

त्यस्तै अभिनेत्री प्रियंका कार्कीले आफूलाई शोमा जोडिन पाएकामा खुसी लागेको प्रतिक्रिया दिइन् ।

प्रतिक्रिया