शनिबार, जेठ ५, २०८१

राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको महाधिवेशन हुँदै

नेपालखोज २०७९ फागुन १० गते ७:३१

काठमाडाैं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशन आगामी फागुन १२ देखि १४ गतेसम्म हुने भएको छ । प्रतिष्ठानले आज पत्रकार सम्मेलनको आयोजना गरी आठौँ महाधिवेशन एवं २२औँ साधारणसभा धादिङको धादिङबेँसीमा हुने जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले धादिङमा हुन लागेको महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । उनले प्रतिष्ठानको विकास र व्यवस्थापनमा धेरै योजना भए पनि कोरोना महामारीको कारण आफ्नो कार्यकालमा सोचेझैँ काम गर्न नसकिएको बताए । धादिङ कला र संस्कृतिको उर्वर भूमि भएकाले यसपटकको महाधिवेशन धादिङबेँसीमा गर्न लागिएको उनको भनाइ थियो ।

आठौँ महाधिवेशनको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्नै कार्यक्रम रहेको छ । महाधिवेशनमा ७२ जिल्लास्तरीय समिति, छ प्रदेशस्तरीय समिति, आजीवन सदस्य, मानार्थ सदस्य र केन्द्रीय समितिसहितका सबै प्रतिनिधि गरी एक हजारभन्दा बढीको उपस्थिति रहने अध्यक्ष बिजीले बताए ।

प्रतिक्रिया