सोमबार, असार ९, २०८२

आयोगले सार्वजनिक गर्‍यो राष्ट्रपति निर्वाचनको मतदाता नामावली

नेपालखोज २०७९ फागुन १० गते १२:४७

काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरेको छ । आयोगले बुधबार ८८१ जना मतदाताको नामावली सार्वनजिक गरेको हो । जसमध्ये प्रतिनिधिसभा र राष्ट्रियसभाका ३३१ र प्रदेश सभाका ५५० जना सांसदले राष्ट्रपतिको निर्वाचनमा मतदान गर्नेछन् ।

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा उम्मेदवारले फागुन १३ गते मनोनयन दर्ता गर्नुपर्छ। राष्ट्रपति निर्वाचनका लागि पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई मतदान अधिकृत तोकिएको छ ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा दुईटा मतदान केन्द्र हुनेछन् । राष्ट्रपतिको निर्वाचनमा संघीय संसद्का दुवै सदन ‘प्रतिनिधिसभा र राष्ट्रियसभा’ का सांसद र प्रदेशसभाका सदस्यले मात्रै मतदान गर्न पाउँछन् ।

हाल प्रतिनिधिसभामा २ सय ७४ सदस्य छन्। राष्ट्रियसभामा ५९ जना सदस्य छन् । संघीय संसद्को ३ सय ३४ मध्ये ३ सय ३३ कायम छन् । संघीय सांसदको मतभार २६ हजार ३ सय ७ हाल छ ।

संघीय संसद्को जम्मा मतभार भने २६ हजार ३ सय ८६ हो। प्रदेशसभामा ५ सय ५० छ। जसको मतभार २६ हजार ४ सय हुन्छ। राष्ट्रपतिको निर्वाचनका लागि जम्मा मतभार ५२ हजार ७ सय ७६ छ। जसको बहुमत २६ हजार ३ सय ८९ हुन्छ। राष्ट्रपति निर्वाचित हुन एकाउन्न प्रतिशत मत ल्याउनै पर्ने संवैधानिक व्यवस्था छ।

प्रतिक्रिया