चर्को ब्याज दर असुल्ने लघुवित्त वित्तीय संस्थालाई कारबाही गर्न माग
नेपालखोज
२०७९ फागुन १० गते १४:१६

काठमाडौं । बुधबारको प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले समसामयिक विषयमा सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद गगनकुमार थापाले चर्को ब्याज दर असुल्ने लघुवित्त वित्तीय संस्थाहरुलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका छन् ।
‘गर्जो टार्न किसान, महिलाले लिएका ऋणमा लघुवित्तले चर्को ब्याज लिने र नदिए धम्क्याउने, चर्को मात्रामा जरिवाना रकम उठाउने बदमासीले ऋणीको उठीवास लागेको छ’ थापाले भने, ‘त्यसमा राष्ट्र बैंकले तत्काल कडा रुपमा नियमन गरी बदमासी गर्ने लघुवित्तलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउँदछु ।’
उनले कारबाहीसँगै लघुवित्त कार्यक्रम संचालनका लागि साक्षारता कार्यक्रम तलसम्म चलाउन माग गरे ।
सम्बन्धित
प्रतिक्रिया