लन्डनस्थित अमेरिकी दूतावास नियमित लयमा फर्कियो
नेपालखोज
२०७९ फागुन १० गते २१:३४

एजेन्सी । दूतावास भवन बाहिर फेला परेको शङ्कास्पद वस्तुलाई लिएर झूटो सुरक्षा डरले लन्डनस्थित अमेरिकी दूतावास केही समय तालाबन्दी गरिएको थियो । तर बुधबारदेखि शङ्कास्पद सुरक्षा जोखिमलाई सामन्यीकरण गर्दै दुतावास पुरानै लयमा आफ्नो नियमित काममा फर्किएको छ ।
‘स्थानीय अधिकारीहरूले दूतावासबाहिर एउटा शङ्कास्पद वस्तुको अनुसन्धानपश्चात् त्यसलाई हटाएका छन्’ लन्डनस्थित अमेरिकी दूतावासले ट्वीट गरेको छ। यसैबीच अमेरिकी दूतावासले लन्डनको मेट्रोपोलिटन प्रहरीलाई छिटो अनुसन्धान सम्पन्न गरेकामा धन्यवाद समेत व्यक्त गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया