शनिबार, असार १४, २०८२

थाइराइड बढ्दा शरीरमा हुन सक्छ यी ५ समस्या

नेपालखोज २०७९ फागुन ११ गते १०:३०

घाँटीमा हुने थाइरोइड ग्रन्थीले सामान्य काम गर्न छोड्दा हुने समस्यालाई हामी थाइराइडको समस्या भन्च्छौं । थाइराइड हुँदा हाम्रोजस्तो शरीरमा थुप्रैपटक परिवर्तन देखापर्छ । थाइराइड हर्मोनले शरीरमा पाचन रस बढाउन मद्दत गर्छ । थाइराइड हुँदा कतिपयमा यो बढ्दै जान्छ । यस्तो अवस्थामा शरीरमा परिवर्तन देखापर्छ । सही जीवनशैली, सन्तुलित आहार तथा औषधि सेवनले थाइराइड निको पार्न सकिन्छ । थाइराइड बढ्दा शरीरमा यी ५ प्रकारको समस्या देखा पर्न सक्छ ।

बाँझोपन : थाइराइडको समस्या भए बाँझोपनको समस्या बढ्न सक्छ । कतिपय घटनामा महिलालाई थाइराइड भए डिम्बाशयमा सिस्ट बन्ने गर्छ जसका कारण बाँझोपनको समस्या देखा पर्न सक्छ । महिलाहरुले समयमै थाइराइडको उपचार गरेनन भने बाँझोपनको समस्या बढ्न सक्छ ।

छाला सम्बन्धी समस्या : शरीरमा थाइराइड ग्रन्थी बढे छालाको विकार देखा पर्न सक्छ । थाइराइडको मात्रा बढ्दा छालामा पिम्पलको समस्या बढ्न सक्छ । थाइराइड भए छालामा सुख्खापन पनि देखिन्छ ।

अनियमित महिनावारी : थाइराइडको मात्रा बढे अनियमित महिनावारीको समस्या समेत सृजना हुन सक्छ । कतिपय अवस्थामा महिनावारीको रक्त प्रवाह धैरै वा ढिलो हुन सक्छ । यो समस्याबाट जोगिन थाइराइड नियन्त्रण गर्ने प्रयास गर्नुपर्छ । महिनावारीको मिति पनि अगाडि र पछाडि हुन सक्छ ।

तौल बढ्छ : थाइराइडको समस्या बढेपछि तौल बढ्ने समस्या पनि हुन सक्छ । यस्तो अवस्थामा सही मात्रामा आहार र औषधि सेवन गरेर थाइराइड नियन्त्रण गर्न सकिन्छ । थाइरोइडको स्तर बढेसँगै भोक निकै बढ्छल जसका कारण तौल बढ्न सक्छ ।

कमजोरी : थाइराइडको समस्या बढेपछि शरीरमा कमजोरीदेखा पर्न सक्छ । कहिलेकाहीँ खुट्टा सुन्निने समस्या पनि हुन्छ । कहिलेकाहीँ थाइराइड ठूलो हुँदा शरीरमा पीडा पनि अनुभव हुन सक्छ ।

प्रतिक्रिया