आइतबार, असार ८, २०८२

राष्ट्रपतिकाे उम्मेदवार टुंगो लगाउन आज द्विपक्षीय छलफल हुने

नेपालखोज २०७९ फागुन ११ गते ११:२१

काठमाडौं । राष्ट्रपति पदको उम्मेदवार टुंगो लगाउन माओवादी केन्द्रले आज कांग्रेस, एकीकृत समाजवादी र जसपासँग छलफल गर्ने भएको छ । आजै साँझ पुरानो पाँच दलीय गठबन्धनको संयुक्त बैठक बस्ने तयारी छ ।

हिजो नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भएको छलफलपछि नेताहरुले पुरानो सत्ता गठबन्धन व्युँताउने विषयमा सहमति नजिक पुगेको बताएका थिए । बैठकमा भएको कुराकानी अनुसार आज माओवादी–जसपा र माओवादी–एकीकृत समाजवादीबीच छलफल गर्ने तयारी गरिएको हो । आगामी २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि १३ गते मनोनयन दर्ता हुँदैछ ।

प्रतिक्रिया