बुधबार, जेठ १, २०८२

संसारका सर्वाधिक धनी देशहरू

नेपालखोज २०७९ फागुन ११ गते १२:२७

काठमाडाैं । विश्वका धनी देशहरूका बारेमा जवाफ दिन सजिलो छैन । सामान्यतया यस बिषयमा अनुमानहरू गरिन्छ तर ति सही नै हुन्छन भन्ने छैन । त्यस माथि प्रश्न के पनि छ भने तपाई कस्तो समृद्धिको कुरा गर्नुहुन्छ ? त्यसो त कुनै पनि देशको सम्पत्ति सामान्यतया उसको कुल गार्हस्थ्य उत्पादन वा जिडिपि ( GDP ) द्वारा मूल्याङ्कन गरिन्छ, जुन कुनै निश्चित अवधिमा कुनै देशको वस्तु र सेवाहरूको उत्पादन जोडेर तयार पारिन्छ । यसलाई देशको सम्पत्ति देखाउने सूचकका रूपमा लिईन्छ ।

यो अर्थतन्त्रको त्यो मापक हो जुन सबैभन्दा प्रसिद्ध छ र सबैभन्दा बढी प्रयोग गरिन्छ । यसमा सरकारले कति कर लिइरहेको छ र शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा सरकारले कति खर्च गर्न सक्छ भन्ने पनि थाहा हुन्छ । यद्यपि यो मापनमा पनि मानिसहरुले प्रश्न उठाउँदै आएका छन् तर यसैका आधारमा विश्वका १० धनी देशहरुको बारेमा जानकारी प्राप्त गर्न सकिन्छ ।

यी देशहरूको अर्थतन्त्रका बारेमा केही जानकारी उपलब्ध छ, तर सबै कुरा थाहा छैन। जीडीपीका केहि आलोचकले जीडीपीमा तेस्रो सबैभन्दा महत्त्वपूर्ण शब्द उत्पादन हो भनेर औंल्याएका छन । यो स्केल सुरु गर्ने अमेरिकी अर्थशास्त्री साइमन कुजनेट्सले पनि यसलाई खासै महत्व दिएनन् । उनको मनसाय १९३० को दशकमा समग्र अर्थतन्त्रलाई मापन गर्ने बिधि खोज्नु थियो ताकि देशलाई आर्थिक मन्दीबाट कसरी बाहिर निकाल्ने भन्ने केही उपाय खोज्न सकियोस् ।

यो स्केल भनेको वास्तवमा उत्पादनशील मानिने कुरालाई मापन गर्नका लागि थियो र राम्रो जीवनशैलीको मापन थियो । तर चाँडै दोस्रो विश्वयुद्ध सुरु भयो र प्राथमिकताहरू परिवर्तन भए । त्यतिबेला राम्रो जीवनशैलीको सट्टा जीवन बचाउने चुनौती थियो । अत्यधिक प्रभावशाली बेलायती अर्थशास्त्री जोन मेनार्ड केन्सका लागि यो जान्न आवश्यक थियो कि अर्थव्यवस्थाले के उत्पादन गर्न सक्छ र युद्धको समयमा जनताले उपभोगका लागि आवश्यक न्यूनतम रकम तथा अतिरिक्त उत्पादनहरूबाट युद्धलाई वित्तपोषण गर्ने चुनौती थियो ।

अर्थात् अब फरक प्रकारको मूल्याङ्कन आवश्यक थियो र नाप्ने उद्देश्य पनि परिवर्तन भएको थियो । यो पछि पनि रह्यो। युद्धपछि अमेरिकाले पुनर्निर्माणका लागि आफूले दिएको सहयोग कसरी प्रयोग भैरहेको छ भनी जान्न चासो राखेको थियो । यसका लागि उसले फेरि एकपटक जीडीपी मापन गर्यो । त्यसपछि यो स्केललाई संयुक्त राष्ट्र संघले पनि स्वीकार गर्यो र यो विश्वव्यापी मापदण्ड बन्यो ।

अन्तर्राष्ट्रिय मुद्रा कोष तथा भिजुअल क्यापिटलिस्टको अक्टोबर २०२२ को तथ्याङ्क अनुसार विश्वका दश धनी देशहरूको सूची यस्तो छ :

१. अमेरिका, २५. ०३५ ट्रिलियन अमेरिकी डलर

२. चीन, १८.३२१ ट्रिलियन अमेरिकी डलर

३. जापान , ४.३०१ ट्रिलियन अमेरिकी डलर

४. जर्मनी, ४.०३१ ट्रिलियन अमेरिकी डलर

५. भारत, ३.४६९ ट्रिलियन अमेरिकी डलर

६. बेलायत, ३.१९९ ट्रिलियन अमेरिकी डलर

७. फ्रान्स, २.७७८ ट्रिलियन अमेरिकी डलर

८. क्यानाडा, २.२ ट्रिलियन अमेरिकी डलर

९ . रूस, २.११३ ट्रिलियन अमेरिकी डलर

१०. इटाली, कुल सम्पत्ति : १.९९ ट्रिलियन अमेरिकी डलर

प्रतिक्रिया