शनिबार, जेठ ५, २०८१

सेल्फी खिचेर अक्षय कुमारले राखे विश्व कीर्तिमानी

नेपालखोज २०७९ फागुन ११ गते १३:५१

काठमाडौं । तीन मिनेटभित्र १८४ वटा सेल्फी खिच्दै बलिउड अभिनेता अक्षय कुमारले विश्व कीर्तिमानी राखेका छन् । मुम्बईमा बुधबार आयोजित समारोहमा अक्षयले कीर्तिमानी रचेका हुन् । रेकर्ड राखेसँगै कार्यक्रममा उनलाई गिनिज बुक अफ वर्ल्ड  रेकर्डले प्रमाणपत्र प्रदान गरेको छ ।

आफ्ना खतरनाक स्टन्टको कारण चर्चामा आउने अक्षय यसपटक चाहिं सेल्फीले चर्चामा आएका हुन् । उनको शीर्ष भूमिका रहेको फिल्म ‘सेल्फी’ पनि शुक्रबार विश्वव्यापी प्रदर्शन हुँदैछ । राज मेहता निर्देशित यो फिल्ममा उनले पहिलोपटक इमरान हासमीसँग स्क्रिन सेयर गरेका छन् ।

धेरै सेल्फी खिचेर अक्षयले अमेरिकाका जेम्स स्मिथको १६८ वटा सेल्फीको रेकर्डलाई तोडेका हुन् । हलिउड अभिनेता डाउने जोन्सनले पनि लण्डनमा आयोजित फिल्मको प्रिमियरमा तीन मिनेटभित्र १०५ वटा सेल्फी खिच्दै रेकर्ड राखेका थिए । यो अनौठो कीर्तिमान तोड्न पाउँदा खुसी व्यक्त गर्दै अक्षयले आफू उत्साहित भएको बताए ।

प्रतिक्रिया