अफगानिस्तानका पूर्व राष्ट्रपति कारजाई र संयुक्त राष्ट्रसंघका प्रतिनिधि बीच भेट
नेपालखोज
२०७९ फागुन ११ गते १४:५४

अफगानिस्तानका पूर्व राष्ट्रपति हमिद कारजाईले अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघका महासचिवका उपविशेष प्रतिनिधि मार्कस पोट्जेलसँग भेट गरेका छन्। सो अवसरमा उनले देशमा दिगो शान्ति स्थापनाका लागि राष्ट्रिय वार्ताको आवश्यकतामा जोड दिएका छन् ।
बुधवार कारजाईको निवासमा भएको भेटमा उनीहरूले अफगानिस्तानको वर्तमान अवस्थाका साथै छात्राहरूका लागि विद्यालय र विश्वविद्यालयहरू पुनः खोल्ने बारे पनि छलफल गरेका थिए ।
तालिबानद्वारा सञ्चालित कार्यवाहक सरकारका मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले राष्ट्रिय वार्ताको समय सकिएको र त्यस्तो वार्ता आवश्यक नभएको टोलो न्युजसँगको कुराकानीमा उल्लेख गर्दै राष्ट्रिय वार्ताको प्रस्तावप्रति आपत्ति जनाउनु भएको छ ।
सम्बन्धित
प्रतिक्रिया