‘नेकपा ब्यूँताउने भए राष्ट्रपति बन्छु’

काठमाडौं । राष्ट्रपति उम्मेदवारको रुपमा चर्चा पाएका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच भेटवार्ता भएको छ ।
काठमाडौं बिहीबार भएको भेटवार्तामा अध्यक्ष नेपालले आफू राष्ट्रपतिमा उम्मेदवार बन्नुपहिले सर्त राखेका छन् । नेपालले तत्कालीन नेकपा ब्युँताउने भएमात्र आफू राष्ट्रपति उम्मेदवार बन्न तयार रहेको बताएका छन् । भेट एमाले अध्यक्ष केपी शर्मा ओलीकै योजनामा भएको बताइएको छ ।
भेटवार्तामा पोखरेलले नेपाल उम्मेदवार बन्ने भए सुवास नेम्वाङलाई ‘ब्याक’ गराउन ओली तयार रहेको सन्देश सुनाएका थिए ।
अहिलेका सत्ता गठबन्धन टुट्ने स्थिति आएपछि ओलीले नै नेपाल वा नेम्वाङलाई राष्ट्रपति उम्मेदवार बनाउने प्रस्ताव नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बुधबार नै बालुवाटार पुगेर राखेका थिए ।
तर नेपाल भने राष्ट्रिय सहमति बन्ने अवस्थामा मात्र उम्मेदवार बन्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया