आइतबार, असार ८, २०८२

तीन दलको बैठक सिंहदरबारमा

नेपालखोज २०७९ फागुन ११ गते १८:३२

काठमाडौं । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) बीचको छलफल सुरु भएको छ । सिंहदरबारस्थित माओवादीको संसदीय दलको कार्यालयमा राष्ट्रपतिबारे छलफलका लागि बैठक सुरु भएको हो ।

बैठकमा माओवादीबाट अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेताहरू नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा र शक्ति बस्नेत सहभागी छन् । 

त्यसैगरी एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपालसहित नेताहरू बेदुराम भुसाल, घनश्याम भुसाल र प्रमेश हमाल सहभागी छन् । जसपाबाट अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ सहभागी छन् ।

प्रतिक्रिया