शनिबार, जेठ ४, २०८२

दुबईमा हुने आईसीसी विश्वकपमा सहभागी हुन पाउनुपर्ने मागसहित क्रिकेटर लामिछाने सर्वोच्चमा

नेपालखोज २०७९ फागुन ११ गते २०:३८

काठमाडाैं । क्रिकेटर सन्दीप लामिछानेले दुबईमा हुन लागेको आईसीसी विश्वकप लिग–२ मा आफू सहभागी हुन पाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा निवेदन दायर गरेका छन् । धरौटीमा छाड्न उच्च अदालत पाटनले राखेको केही सर्त हटाउन माग गर्दै क्रिकेटर सन्दीप लामिछानेले सर्वोच्च अदालतमा निवेदन दिएका हुन् ।

निवेदनमा उच्चको फैसला आंशिक रूपमा खारेज गर्न माग गरिएको छ । निवेदनमा विदेश जान लगाएको रोक फुकुवा हुनुपर्ने र २० लाख धरौटी रकम घटाउन माग गरिएको छ । रिटमा मुद्दाको फैसला हुनु अगाडि नै गोपनीयता उल्लङ्घन गरेर अपराधिका चित्रित गरिएको भन्दै त्यस्ता गतिविधि रोक्न समेत माग गरिएको छ ।

नाबालिग बलात्कारको अभियोगमा काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिए पनि उच्चले त्यसलाई उल्टाउँदै सर्तसहित धरौटीमा छाड्ने फैसला गरेपछि उनी कारागारमुक्त भएका थिए ।

प्रतिक्रिया