आइतबार, वैशाख २३, २०८१

अब वैदेशिक रोजगार विभागमा सेवा लिन जाने सेवाग्राहीले परिचय खुल्ने कागजपत्र देखाउनुपर्ने

नेपालखोज २०७९ फागुन १२ गते ७:१०

काठमाडौं । वैदेशिक रोजगार विभागमा सेवा लिन जाने सेवाग्राहीले परिचय खुल्ने कागजपत्र देखाउनुपर्ने भएको छ । विभागले एक विज्ञप्ति जारी गर्दै अनावश्यक भीडभाड बढेको भन्दै विभागले सेवाग्राहीलाई सेवा लिन आउँदा आफ्नो परिचय खुल्ने कागजपत्र लिएर आउन भनेकाे हाे ।

विगत केही दिनदेखि विभागमा नियमित कार्यसम्पादनको सिलसिलामा पीडितको नाममा कानुन, विधि र प्रक्रिया विपरीतका कार्य गर्दै आउने गरेको भन्दै विभागले कडाइ गरेको विभागका निर्देशक कृष्णप्रसाद भुसालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कार्यालय भित्र नाराजुलुस गर्ने, अमर्यादित भाषाको प्रयोग गरी कार्यालयमा आतंक मच्चाउने, काम गर्ने वातावरण प्रभावित गर्ने लगायतका कार्य बढ्दै गएको विभागले जनाएकाे छ ।

र यस्ता अमर्यादित कार्य एवं क्रियाकलापले गर्दा सेवाग्राहीलाई सेवा प्रवाह गर्न समस्या भइरहेको विभागको उल्लेख गरेकाे छ । विभागले कार्यालयको काम कारबाहीसँग कुनै गुनासो भएमा कानुनी प्रक्रिया बमोजिम गुनासो लिएर आउन पनि भनेकाे छ ।

प्रतिक्रिया