कृषि बिकास बैंकको सञ्चालक समितीको अध्यक्षमा पुडासैनी नियुक्त

काठमाडौं । कृषि बिकास बैंक बैंक संचालक समितिबाट बैंक संचालक समितिको अध्यक्ष पदमा रामशरण पुडासैनी नियुक्त भएका छन् । नवनियूक्त अध्यक्ष निजामती सेवामा लामो अवधी सम्म कार्यरत रहि राजश्व सचिवबाट अनिवार्य अवकास प्राप्त पुडासैनीसंग आर्थिक क्षेत्र लगायत विभिन्न निकायमा कार्य गरेको अनुभव समेत रहेको छ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त बैंक अध्यक्षलाई नेपाल राष्ट्र बैंकका गर्भनर समक्ष सपथ ग्रहण गराउनु पर्ने प्राबधान अनुसार अध्यक्ष पुडासैनीलाई नेपाल राष्ट्र बैंकको केन्द्रिय कार्यालय बालुवाटार काठमाडौमा गर्भनर महाप्रसाद अधिकारीले सपथ ग्रहण गराए ।
उक्त अवसरमा नेपाल राष्ट्र बैंकका डिपुटी गर्भनरहरु निलम ढुगांना तिम्सिना, बम बहादुर मिश्र, बैंक नियमन विभागका कार्यकारी निर्देशक गुणाकर भट्ट, नेपाल राष्ट्र बैंकका बोर्ड सचिव मुक्ती प्रसाद सापकोटा, कृषि विकास बैंकका संचालक समिति सदस्य सुमन दाहाल, विनोद कुमार गुरांगाई, बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेल समेतको उपस्थित रहेको थियो ।








प्रतिक्रिया