सरकारले दिने आकस्मिक बिदामा बैंक तथा वित्तीय संस्था खुल्ने
नेपालखोज
२०७९ फागुन १२ गते १४:५१

काठमाडौं । सरकारले दिने आकस्मिक बिदामा पनि बैंक तथा वित्तीय संस्था खुला गर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई शुक्रबार जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन तथा परिमार्जन गर्दै यस्तो प्रावधान ल्याएको हो ।
अब नेपाल राष्ट्र बैंकले जारी गरेको बैंक बिदाको सूचीबाहेक नेपाल सरकारले आकस्मिक बिदा दिएको दिन नगद कारोबार, चेक क्लियरेन्स, आरटीजीएसजस्ता अत्यावश्यक बैंकिङ सेवा नियमित गर्नुपर्नेछ ।
यस्तो बिदाको दिन १० बजेदेखि साढे १ बजेसम्म कार्यालय खुला राख्न समय तोकेको छ । यस बेला बैंक तथा वित्तीय संस्थाले आवश्यक विभाग र कार्यालय खुला राखेर सेवा सूचारु गर्नुपर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।
सम्बन्धित

प्रतिक्रिया