बुधबार, जेठ १, २०८२

अभियन्ता महतोको हत्याका दोषीलाई कैद सजाय

नेपालखोज २०७९ फागुन १२ गते १६:२६

काठमाडौं । अभियन्ता दिलीप महतोको हत्यामा दोषी ठहरिएका तीन जनालाई जिल्ला अदालत धनुषाले कैद सजाय सुनाइएको छ ।

जिल्ला अदालत धनुषाका इजलास नम्बर ६ का न्यायाधीश चित्रबहादुर गुरुङले फैसला सुनाएको इजलास अधिकृत विष्णु भट्टराईले बताइन् ।

मुख्य योजनाकार चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपीन महतो र कामदार मुनिन्द्र महतोलाई २५-२५ वर्ष कैद र ५-५ लाख क्षतिपूर्ति जरिवाना हुने फैसला सुनाएको छ ।

त्यस्तै हत्याका मतियार दोषी ठहर भएका जितेन्द्र महतोको हकमा भने साढे १२ वर्ष कैद र २ लाख ५० हजार जरिवाना हुने जिल्ला अदालत धनुषाले फैसला गरेको हो ।

प्रतिक्रिया