रुस–युक्रेन युद्ध : मानवता पराजित, इतिहास लज्जित

काठमाण्डौं । शान्तिका लागि कार्यरत स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजले रुस युक्रेन युद्धको एक वर्षलाई मानवता पराजित र इतिहास लज्जित भएको घटनाको रुपमा चित्रित गरेको छ ।
युद्ध सुरु भएको बर्ष दिन पुगेको अवसरमा विज्ञप्ति जारी गर्दै २४ फेव्रवरी २०२२ देखि रुसले युक्रेनमाथि आक्रमण गरेका घटनालाई मानवता पराजित भएको र इतिहास लज्जित भएको रुपमा चित्रित गरेको हो । समाजले युद्ध निषेध : शान्ति विशेष भन्ने आह्वानसहित युद्ध तत्काल अन्त्य गर्न आग्रह गर्दै नेपालभरि १ सय भन्दा बढी प्रदर्शन गरिसकेको छ ।
रुस युक्रेन युद्ध शुरु भएको एक वर्ष पुगेको दिन फागुन १२ गते शान्ति समाजले यो विध्वंसकारी युद्ध तत्काल अन्त्य हुनुपर्छ भन्ने आग्रहसहित महोत्तरी, रुपन्देही, अछाम, चितवन, नवलपुर, इलाम, संखुवासभा लगायत एक दर्जन बढी जिल्लामा प्रदर्शन गरेको छ ।
प्रदर्शनमा शान्तिवादीहरुले रुस : युद्ध तत्काल रोक, रुस : शान्ति प्रवद्र्धन गर, युक्रेनमाथिको आक्रमण तत्काल बन्द गर लगायत शान्तिका पक्षमा प्लेकार्डहरु प्रदर्शन गरेको समाजका कार्यक्रम अधिकृत सरिता पौडेलले जानकारी दिइन् ।
वुटवलमा आयोजित प्रदर्शनमा बोल्दै शान्ति समाजका निवर्तमान सभापति गोविन्द खनालले यो युद्ध समाप्तिका लागि संयुक्त राष्ट्रसंघले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया