बुधबार, जेठ १, २०८२

दिलीपको हत्या अभियोगमा क्रसर उद्योगीलाई जन्मकैद सजाय

नेपालखोज २०७९ फागुन १२ गते १७:२१

काठमाडौं । धनुषाका युवा दिलीप महतोको हत्यामा दोषी ठहरिएकामध्ये एक जनलााई जन्मकैदको फैसला भएको छ । फैसला जिल्ला अदालत धनुषाका इजलास नम्बर ६ का न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले हत्याका मुख्य योजनाकार चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपीन महतो र कामदार मुनिन्द्र महतोलाई २५र/२५ वर्ष कैद र ५/५ लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको हो ।

त्यस्तै हत्याका मतियार दोषी ठहर भएका जितेन्द्र महतोको हकमा भने साढे १२ वर्ष कैद र २ लाख ५० हजार क्षतिपूर्ति भराउने जिल्ला अदालत धनुषाले फैसला गरेको हो ।उनीहरुको सम्पत्तिबाट क्षितपूर्ति असुल नभए सरकारको विपद कोषबाट दिलीपको परिवारजनलाई उपलब्ध गराउन अदालतले आदेश दिएको छ ।

गत फागुन ३ गते जिल्ला अदालतले ७ अभियुक्त मध्ये विपीन, मुनिन्द्र र जितेन्द्रलाई दोषी ठहर गरेको थियो । उक्त आदेशमा क्रसर सञ्चालक विपीनका दाइ विनोद महतो, कामदारहरू सत्यनारायण महतो, शत्रुघन महतो र रोशनकुमार यादवलाई अदालतले सफाइ दिइएको थियो ।

२५ पुस २०७६ मा बिहानै घरनजिकैको औरही खोलामा भइरहेको अवैध उत्खनन् रोक्न जाँदा धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलिपको निर्घात कुटपिट गरेर ट्रकले किचेर निर्मम हत्या गरिएको थियो ।

प्रतिक्रिया