सन्दीप लामिछानेले पाएनन् यूएई जाने अनुमति
नेपालखोज
२०७९ फागुन १२ गते १७:३४

काठमाडौं । सन्दीप लामिछानेले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिदेशीय श्रृंखला खेल्न यूएई जान पाउनुपर्ने मागसहित दायर गरेको निवेदनमा अदालतले अनुमति दिन अस्वीकार गरेको छ ।
सन्दीपले दायर गरेको मुद्दामा सुनुवाई गर्दै न्यायाधीश ईश्वर प्रसाद खतिवडाको एकल इजलासले विदेश जान अनुमति दिन नमिल्ने आदेश दिएको हो ।
नाबालिक बलात्कारको अभियोग लागेका लामिछानेलाई जिल्ला अदालत काठमाडौंले पूर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो ।
तर, जिल्लाको आदेश उल्टाउँदै उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा रिहा गरेको थियो । तर, विदेश जान भने रोक लगाएको थियो ।
सन्दीप पुस २९ गते धरौटी बुझाएर थुनामुक्त भएका थिए । जसको कारण सन्दीपले आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत यूएईमा हुने त्रिकोणात्मक सिरिज खेल्न नपाउने भएका थिए ।
सम्बन्धित
प्रतिक्रिया