संकटालाई हराउँदै आर्मी भद्रपुर झापा गोल्डकपको फाइनलमा
नेपालखोज
२०७९ फागुन १३ गते १८:११

काठमाडाैं । विभागीय टोली त्रिभुवन आर्मी क्लब भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । मेची रंगशालामा शनिबार चेतन केसीले निर्णायक गोल गर्दा संकटामाथि १-० को जित हासिल गर्दै आर्मी उपाधि नजिक पुगेको हो ।
आर्मीले फाइनल प्रवेशका लागि अतिरिक्त समयसम्म कुर्न पर्यो । निर्धारित ९० मिनेटमा दुवै टोलीबाट गोल नभएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । खेलको १ सय १औं मिनेटमा संकटाका सौरभ दासले आर्मीका प्रज्वल गुरुङलाई फाउल गरेपछि पाएको मौकामा गोल निस्किएको थियो ।
यस जितसँगै आर्मीले कम्तीमा ७ लाख रुपैया सुरक्षित गरेको छ । खेलको म्यान अफ दि म्याच आर्मीका सुरज बस्नेत घोषित भए । अब आर्मीले उपाधिका लागि मछिन्द्र फुटबल क्लब र एपीएफ क्लबबीचको विजेतासँग खेल्नेछ । प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आइतबार मछिन्द्र र एपीएफ भिड्ने छन् ।
सम्बन्धित
प्रतिक्रिया