सांसदको निधनमा जसपाले झण्डा आधा झुकाउने

नेपालखोज २०७९ फागुन १३ गते २०:३६

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले सांसद सहनाज रहमानको निधनमा दुख व्यक्त गरेको छ । शनिबार केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले शोक विज्ञप्ति जारी गर्दै सांसद सहनाज रहमानको निधनप्रति दुख व्यक्त गरेका हुन्।

संघीयता, गणतन्त्र, पहिचान र अधिकार प्राप्तिको आन्दोलनमा अनवरत लाग्नु भएकी मधेस आन्दोलनकी अग्रणी रहेकी रहमानको मृत्युले संघीय लोकतान्त्रिक गणतन्त्रको आन्दोलन र जनता समाजवादी पार्टी, नेपाललाई अपुरणीय क्षति पुग्न गएको बताइएको छ । शोकमा जसपाले पार्टीको झण्डा आधा झुकाउने र आजदेखि ३ दिनसम्म कार्यालय बन्द रहने बताएको छ ।

प्रतिक्रिया