शनिबार, जेठ ५, २०८१

क्रिकेटर लामिछाने विदेश जान पाउनुपर्ने मागकाे निवेदनमा आज सुनुवाइ हुँदै

नेपालखोज २०७९ फागुन १४ गते ७:३८

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले क्रिकेट खेल्नका लागि विदेश जान पाउनु पर्ने माग राख्दै गरेको निवेदनमा आइतबार सुनुवाइ हुँदैछ ।

गत शुक्रबार सर्वाेच्च अदालतले सन्दीपले दिएको निवेदनलाई सरकारी वकिलले दायर गरेको अर्को मुद्दासँगै राखेर पेश गर्न अग्रधिकारसहित आदेश गरेका थियाे ।

शुक्रबार न्यायाधीश ईश्वरीप्रसाद खतिवडा इजालासमा भएको बहसमा सन्दीपका वकिल सरोजकृष्ण घिमिरे र शम्भु थापाले बहस गरेका थिए। पाटन उच्च अदालतले राखेका सर्तहरू विरुद्ध दिएको निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चले सन्दीपलाई तत्काल युएई जान भने अनुमति दिएकाे थिएन । आजकाे सुनुवाइमा सन्दीप लामिछाने पक्ष र सरकारी वकिललाई पनि उपस्थित हुन भनिएको छ।

प्रतिक्रिया