शनिबार, मंसिर १६, २०८०

यस्तो छ आजको मौसम

नेपालखोज २०८० मंसिर ३ गते ६:५९

काठमाडौं । हाल देशको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम पूर्वानुमान् महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ।

आज दिउँसो देशको कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति पनि देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया