शनिबार, जेठ ५, २०८१

सन्दीपको मुद्दा सपना मल्ल र कुमार चुँडालको इजलासमा सुनुवाइ

नेपालखोज २०७९ फागुन १४ गते ११:२६

काठमाडौं । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पहिलो नम्बरमै पेसी चढेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुँडालको इजलासमा मुद्दाको सुनुवाइ हुँदैछ ।

आइतबारको सुनुवाइ उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा छाड्न गरेको आदेश ठिक थियो कि थिएन भन्नेमा केन्द्रित हुनेछ ।

उक्त आदेशमा विदेश जान पनि सरकारको अनुमति लिनुपर्ने उल्लेख छ । महान्यायाधिवक्ता कार्यालय र सन्दीपले गरेका पुनरावेदन दुवैलाई एकै ठाउँमा राखेर आज मुद्दाको सुनुवाइ हुन लागेको हो । सर्वोच्चले यी दुवैलाई अग्राधिकारमा राखेर सुनुवाइ गर्न लागेको छ ।

सन्दीपलाई धरौटीमा छाड्ने पाटन उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा पुनरावेदन गरेको छ । त्यस्तै आफूलाई विदेश जान लगाइएको प्रतिबन्ध फुकुवाको माग गर्दै सन्दीपले पनि पुनरावेदन गरेका छन् ।

प्रतिक्रिया