शुक्रबार, जेठ ४, २०८१

चिनमा जारि भयो सर्वाधिक बलियो स्मार्टफोन

नेपालखोज २०७९ फागुन १४ गते १२:२०

काठमाडाैं । Doogee का स्मार्टफोनहरु आफ्नो मजबुतिका लागि विश्वव्यापी रूपमा प्रसिद्ध छन् । यो ब्रान्डका मोबाइल नेपालमा बिक्री हुँदैनन्, तर पनि तिनको चर्चा भने पक्कै हुन्छ । Militry Grade Certification ले यो स्मार्टफोनलाई विशेष बनाउँछ । यस्तै शक्ति भएको नयाँ Doogee S100 चीनमा लन्च गरिएको छ, जुन ढुङ्गामा हान्दा वा पानीमा डुब्दा पनि पूर्ण रूपमा सुरक्षित रहन्छ । यो फोन MIL-STD-810H प्रमाणित छ ।

यो स्मार्टफोन आन्तरिक र बाह्य दुबै किसिमले मजबुत छ । यो मोबाइल फोनले अत्यधिक चिसो तथा अत्यधिक गर्मीमा आफ्नो तापक्रम सन्तुलनमा राख्न सक्छ । यसलाई IP68 तथा IP69K रेटिङ दिइएको छ जसले यो मोबाइल फोनलाई पानीमा मात्र नभई हिलो र माटोमा पनि सुरक्षित राख्छ । यो फोनको बडी यति बलियो छ कि ढुङ्गा वा मार्वल फ्लोर जस्तो कडा सतहमा खसे पनि यो बिग्रदैन।

Doogee S100 को ब्याट्री

बलियो बडिका साथसाथै यो फोनको अर्को ठूलो विशेषता यसको बलियो ब्याट्री हो । यो मोबाइलमा १०,८०० एमएएचको ब्याट्री दिईएको छ । यो ठूलो ब्याट्रीलाई छिटो चार्ज गर्न यसमा ६६ वाटको फास्ट चार्जिङ सपोर्ट उपलब्ध हुन्छ । Doogee S100 ले एक पटकको चार्जमा ५५ घण्टासम्मको कलिङ टाइम , १७ दशमलब ५ घण्टाको भिडियो स्ट्रिमिङ तथा ४३ घन्टाको म्युजिक प्लेटाइम दिन सक्ने कम्पनीको दाबी छ।

अन्य फिचर तथा स्पेसिफिकेशन

यो मोबाइल फोन MediaTek Dimensity G99 चिपसेटमा लन्च गरिएको छ । यो फोनमा १२ जीबी र्याम मेमोरी छ जसले २५६ जीबी आन्तरिक भण्डारणलाई सपोर्ट गर्छ । फोन मेमोरीलाई माइक्रोएसडी कार्ड मार्फत २ टेरावाईट सम्म विस्तार गर्न सकिन्छ। यो मोबाइल फोनले ६ दशमलव ५८ इन्च फुलएचडी + डिस्प्लेलाई समर्थन गर्दछ जुन आईपीएस प्यानलमा निर्मित छ र १२० हर्ज रिफ्रेस रेटमा काम गर्दछ ।

क्यामेरा

फोटोग्राफीका लागि Doogee S100 मा ट्रिपल रियर क्यामेरा दिइएको छ । फोनको पछाडिको प्यानलमा भएको यो सेटअपमा १ सय ८ मेगापिक्सेलको प्राइमरी रियर क्यामेरा सेन्सर छ जसले २० मेगापिक्सेलको नाइट भिजन लेन्स तथा १६ मेगापिक्सेलको अल्ट्रा-वाइड एंगल लेन्ससँगको संयोजनमा काम गर्छ । त्यस्तै, सेल्फी एवं भिडियो कलिङका लागि यसमा ३१ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ ।

Doogee S100 को स्पेसिफिकेशन

• 6.58″ FHD+ 120Hz display

• 12GB RAM + 256GB Storage

• MediaTek Helio G99

• 108MP+20MP+16MP Camera

• 32MP selfie sensor

प्रतिक्रिया