आइतबार, वैशाख १६, २०८१

बिएमडब्ल्युको लक्जरी बाईक

नेपालखोज २०७९ फागुन १४ गते १४:२५

अहिलेसम्म तपाईले लक्जरी कार निर्माता कम्पनी बिएमडब्ल्यु ( BMW ) का कारहरू देख्नु भएको छ तर यो कम्पनीले आफ्नो विशेष मोटरसाइकल पनि बजारमा उतारेको छ ।

कम्पनीले BMW R NineT १०० तथा BMW R १८ १०० को सीमित संस्करण बजारमा ल्याएको छ । यी बाइक बीएमडब्लूले १०० वर्ष पूरा गर्न लागेको अबसरमा लन्च गरिएको हो । अन्तर्राष्ट्रिय रुपमा यी बाइकको बुकिङ पनि सुरु भएको छ ।

आकर्षक लुक : बिएमडब्ल्युको क्रोम फिनिश फ्रन्ट ह्वील कभरमा पनि देख्न सकिन्छ । यहाँ कम्पनीले सेतो लाइनिङका साथ कालो रंग दिएको छ । क्लासिक लुकसँगै यसमा क्रोम फिनिसमा मोडर्न टच दिईएको छ, जुन आकर्षक देखिन्छ । यी बाइकमा एडजस्टेबल ह्यान्ड लिभर , फुटरेस्ट सिस्टम , एक्सपेन्सन ट्याङ्क कभर तथा पुरानो स्टाइलका मिररहरू पनि देखिन्छन् । यसको लुक्सले यसलाई किलर साबित गर्छ ।

शक्तिशाली इन्जिन : कम्पनीका यी दुबै मोटरसाइकलमा आयल कुल्ड बक्सर ट्वीन इन्जिन दिइएको छ । यसले १०७ बिएचपी को पावर तथा ११६ एनएमको टर्क जेनरेट गर्छ । यसको उच्च गति २ सय किलोमिटर प्रति घण्टा छ । यो बाइकमा १८ लिटरको इन्धन ट्याङ्की दिइएको छ ।

विशेषताहरुले सुसज्जित : यी बाइकको भार माथिल्लो भागमा हुन्छ । यसको तौल २ सय २१ किलोग्राम छ । यो बाइकमा अपसाइड डाउन फ्रन्ट फोर्क , रियर मोनो शकल, ट्वीन फ्रन्ट डिस्क तथा फुल एलईडी लाइटिङसहितको सिंगल रियर रोटर, यूएसबी चार्जर, एडाप्टिभ हेडलाइट, हिटेड ग्रिप र क्रुज कन्ट्रोल जस्ता शक्तिशाली सुविधाहरू छन् । यसको इन्धन ट्याङ्कीमा कालो, सेतो र क्रोमको संयोजन पाईन्छ । यसको टेल साइडमा क्रोम फिनिश देखिन्छ भने कम्पनीले यसमा डुअल टोन राइडर सिट दिएको छ ।

प्रतिक्रिया