शनिबार, जेठ ५, २०८१

खुला टेबलटेनिस हुने

नेपालखोज २०७९ फागुन १४ गते १६:०८

काठमाण्डौं । जिल्ला टेबलटेनिस सङ्घको आयोजनामा १२औँ पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता यही फागुनमा हुने भएको छ ।

यही फागुन २५ गतेदेखि हुने उक्त प्रतियोगितामा पुरुष/महिला सिङ्गल्स खुला, स्कुल, कलेज, भेट्रान, बहिरा, शारीरिक अपाङ्गता भएका, दृष्टिविहीन र खेल पत्रकार गरी ३४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकका अध्यक्ष धर्ममान बज्राचार्यले जानकारी दिए।

अखिल नेपाल टेबलटेनिस सङ्घको वार्षिक कार्यक्रम अनुसार हुन लागेको उक्त प्रतियोगितामा करिब तीन सय खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

‘सबैका लागि टेबलटेनिस’ भन्ने नाराका साथ हुन लागेको प्रतियोगिताको पुरुष/महिला सिङगल्समा पहिलो हुनेले ५० हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले जनही १० हजार नगद पुरस्कार पाउने छन् ।

फागुन २९ गतेसम्म चल्ने प्रतियोगिताका खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।

प्रतिक्रिया