आइतबार, जेठ ६, २०८१

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पाण्डे पक्राउ

नेपालखोज २०७९ फागुन १४ गते १७:४५

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । नुवाकोट लिखु गाउँपालिका–३ घर भइ काठमाडौं टोखा नगरपालिका–४ बस्ने ५२ वर्षीय डुण्डराज पाण्डेलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनको २०७९ पुस १८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ दिन कैद र २० लाख २० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदातलको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय सुन्धारा काठमाडौंमा सिआईबीले जानकारी दिएको छ ।

प्रतिक्रिया