बुधबार, जेठ १, २०८२

युक्रेनको द्वन्द्वमा नेटोले हतियार आपूर्तिमा भाग लिएको रूसी नेता पुटिनको भनाइ

नेपालखोज २०७९ फागुन १४ गते २०:४५

काठमाडाैं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेटो सदस्य राष्ट्रले युक्रेनलाई हतियार सहयोग गरेर युक्रेन द्वन्द्वमा भाग लिएको आरोप लगाएका छन् ।

‘उनीहरूले युक्रेनमा अर्बौं डलरको हतियार पठाइरहेका छन् । वास्तवमा, यो युद्धमा सहभागिता हो,’ पुटिनले आइतबार प्रसारित रोसिया–१ च्यानललाई दिएको अन्तर्वार्तामा भने । पुटिनले भने ‘यसको अर्थ के हो भने कीभ सरकारले गरिरहेको अपराधमा अप्रत्यक्ष रुपमा भए पनि उनीहरुले भाग लिइरहेका छन् ।’

‘पश्चिमा मुलुकहरूको एउटा मात्र उद्देश्य पूर्व सोभियत सङ्घ र यसको मुख्य भाग रूसी सङ्घलाई टुक्राउने रहेको छ,’ उनले भने ।

उनीहरूले हामीलाई सभ्य मानिसहरूको तथाकथित परिवारमा भिन्न भिन्न रूपमा मान्यता दिने गरेका छन् ।

युक्रेनमा रूसको पूर्ण आक्रमण सुरु भएको एक बर्ष पुग्नुभन्दा एक दिन पहिले गत बिहीबार मस्कोमा आयोजित देशभक्तिपूर्ण कन्सर्टका क्रममा पुटिनले उक्त कुरा बताएका हुन् ।

अन्तर्वार्तामा पुटिनले बहुध्रुवीय विश्वका लागि आफ्नो आह्वान दोहोर्याउँदै यस्तो हुनेमा आफूलाई कुनै अनौठो नलागेकोे बताएका छन् ।

प्रतिक्रिया