शनिबार, जेठ ५, २०८१

कलाकार पल शाह आज छुट्दै

नेपालखोज २०७९ फागुन १५ गते ६:५५

काठमाडाैं । नाबालिक बलात्कार गरेको आरोपमा सजाय भोगिरहेका कलाकार पल शाह आज छुट्दै छन् । जिल्ला अदातल नवलपरासीपूर्वले गरेको फैसलालाई उल्ट्याउँदै उच्च अदालत पोखराले शाहलाई साफाई दिएको हो ।

आइतबार उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले शाहविरुद्ध नाबालिगको अभियोग दाबी नपुग्ने नपुगेको भन्दै शाहलाई सबै अभियोगबाट सफाइ दिइने फैसलामा जनाइएको छ ।

फैसला अनुसार नै आज शाह छुट्दैछन् । शाहविरुद्ध ती नाबालिगले आफूलाई जबरजस्ति बलात्कार गरेको भन्दै जिल्ला अदालत नवलपरासी पूर्व र जिल्ला अदालत तनहुँमा मुद्दा हालेकी थिइन् ।

यसअघिको फैसलामा तनहुँ जिल्ला अदालतले भने शाहलाई सफाइ दिएको थियो । तर नवलपरासी पूर्वले भने शाहलाई साढे २ वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । सो फैसलाविरुद्ध शाह र सरकारी वकिलले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए ।

प्रतिक्रिया